१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रामेछापमा ६० प्रतिशत पुनर्निर्माण सम्पन्न

काठमाडौं – २०७२ वैशाख १२ गते भूकम्प गएको चार वर्ष बितिसकेको छ। यस अवधिमा रामेछापमा क्षति भई पुनर्निर्माणका लागि सम्झौता गरिएकामध्ये ६० दशमलव ८५ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पबाट घर क्षति भएका कुल लाभग्राही ४८ हजार सात सय ७९ रहेकामा ४६ हजार ६ सय ७८ घरको पुनर्निर्माणका लागि सम्झौता भएको थियो।

निर्माण व्यवसायीमार्फत १८ र विद्यालय व्यवस्थापन समितिमार्फत ९२ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। त्यस्तै, जिल्ला कार्यालयबाट ५० वटा, गैरसरकारी संस्थाबाट ७३ वटा र जिल्ला शिक्षा समन्वयबाट एक सय दुईवटा विद्यालयको मर्मतसम्भार भएको छ।

यसैगरी रामेछापमा २८ हजार चार सय आठ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ। दुई हजार भूकम्पपीडितले भने घर निर्माण गर्न सर्भे गरेर लाभग्राहीको सूचीमा परे पनि सम्झौता गर्न नआएको बताएका छन्। चालू आवमा २ अर्ब ८८ करोड १५ लाख रुपैया लाभग्राहीका लागि निकासा भइरहेको स्थनीय पुनर्निर्माण रामेछापमा प्रमुख कृषलाल पियाले बताए।

प्रकाशित: १२ वैशाख २०७६ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App