२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सम्पादक घिमिरेलाई मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं – यो वर्षको मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित हुने भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो।

राजधानी र मोफसलका वरिष्ठ पत्रकारहरुलाई दिँदै आइरहेको उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। घिमिरे र जोशीलाई जनही ५०÷५० हजार रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ। शनिबार क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बसेको पुरस्कार छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो। घिमिरे लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। छोटो समयमा अंग्रेजी पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै घिमिरेले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

यो वर्षको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक वरिष्ठ उप–सम्पादक राजेश मिश्रलाई दिइने भएको छ। त्यस्तै कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवम् प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ। शहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिल्ली बसेललाई प्रदान गर्ने निर्णय गरेको छ। रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार सन्तोष न्यौपानेलाई प्रदान गरिने भएको छ। यो वर्षको क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५ राजधानी दैनिकका समाचार सम्पादक ध्रुव लम्साललाई प्रदान गरिने भएको छ।

त्यसैगरी यो वर्षको क्रियाशील महिला पत्रकारिता पुरस्कार पत्रकार उषाकिरण कँडेललाई प्रदान गरिने भएको छ। आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नेछन्।
 

प्रकाशित: १७ चैत्र २०७५ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App