१६ चैत्र २०८० शुक्रबार
समाज

विद्यालय भवन शिलान्यास

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकुको भवनको शिलान्यास गरिएको छ। प्रदेश ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा मंगलबार विद्यालय भवनको शिलान्यास गरेका हुन् लायकु अर्थात् तलेजु दरबार परिसरमा रहेको उक्त विद्यालयमा परम्परागत एवं मल्लकालीन शैलीमा विद्यालय भवन निर्माण हुने छ।

मध्यपुरथिमि नगरपालिकाको एक करोड रुपैयाँ लागतमा तेलिया इँटा, चुना, सुर्कीको प्रयोग गरी परम्परागत शैलीमा भवन निर्माण हुने नगर प्रमुख श्रेष्ठले बताए। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणमा लाग्ने थप रकम पनि नगरपालिकाले नै सहयोग गर्नेछ। विद्यालय भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको ५० लाख रुपैयाँ फर्काइ नगरपालिका आफैंले निर्माण सुरु गरेको हो।

नगर प्रमुख श्रेष्ठले भने, ‘परम्परागत शैलीको भवन भत्काएर पुनर्निर्माण प्राधिकरणले डन्डी, सिमेन्ट प्रयोग गरेर ढलान गरी यसको स्वरुप नै बिगारेर बनाउने प्रस्ताव गर्याे। थिमिको सम्पदा र धरोहरलाई बिगार्ने भएपछि नगरपालिकाले बजेट फर्काइ दिएर आफ्नै बजेटमा निर्माण सुरु गर्न लागेको हो।’ २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ। विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।    (रासस)

प्रकाशित: १३ चैत्र २०७५ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App