१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ भवन बनेपछि पठनपाठन सहज

महेन्द्रोदय मावि याम्खाको नवनिर्मित भवन।    तस्बिरः दमन/नागरिक

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित महेन्द्रोदय माविको नयाँ भवन निर्माण भएको छ। राष्ट्रिय पुनर्निमाण प्राधिकरणमार्फत प्राप्त ६१ लाख ४६ हजार रुपैयाँ लागतमा उक्त विद्यालयका लागि दुई तले चारकोठे भवन बनाइएको हो।

आर्थिक वर्ष २०७३–०७४ मा प्राप्त भएको बजेटबाट आरसिसी भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर सार्कीले जानकारी दिए। भौतिक संरचनाको अभाव भइरहेका बेला नयाँ पक्की भवन बनेपछि पठन–पाठन सहज भएको विद्यालयले जनाएको छ। कक्षा १० सम्म पढाइ भइरहेको उक्त माविमा हाल २ सय १६ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयको भवन ढलान गर्नेक्रममा तरुण दलका क्षेत्रीय सभापति सुरेश राई व्यक्तिगत २० हजार र दलका तर्फबाट ५० हजार नगद तथा नेविसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राईको टोलीले ५० हजार बराबरको जनश्रमदान गरेको विद्यालयका प्रधानाध्यापक विष्णुकुमार कार्कीले बताए। यस्तै स्थानीय भेरीखोर सामुदायिक वन उपभोक्ता समूहले ४० क्युबिक फिट काठ, स्थानीय समाजसेवी नारायणप्रसाद राईले आवश्यक बाँस उपलब्ध गराएको विद्यालयले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App