१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

असोजमा १७२ को उद्धार, ७९ जनाको परिवारसँग पुनर्मिलन

विभिन्न कारण परिवारविहीन भएका मानिसको उद्धार गर्नेक्रममा असोजमामात्र १७२ जनाको उद्धार भएको छ ।  

मानवसेवा आश्रमले सञ्चालन गरेको उद्धार तथा पुनर्मिलनमा असोजमा मात्रै १७२ जनाले सडकको नारकीय जीवनबाट मुक्ति पाएको उल्लेख गरिएको छ ।  

उद्धार भएकामध्ये ११२ जना पुरुष र ६० जना महिला छन् । उनीहरूलाई काठमाडौंसहित देशका विभिन्न ठाउँबाट उद्धार गरिएको आश्रमले जनाएको छ ।  

सबैभन्दा धेरै आश्रमको काठमाडौं रानीवन शाखाले २५ जनाको उद्धार गरेको छ । हेम्जा शाखाले २२ जना तथा रुपन्देहीको तिलोत्तमा शाखाले १६ जनाको उद्धार गरेको छ ।  

उद्धारपछि सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पत्ता लगाई घर फर्काउने कार्य पनि आश्रमले जारी राखेको छ । यही अभियानमा असोजमा ७९ जनाको पारिवारिक पुनर्मिलन भएको छ ।

 

प्रकाशित: २ कार्तिक २०८२ १८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App