२८ असार २०७७ आइतबार
समाज

हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे (फोटो फिचर)

तस्बिर : दिपेन्द्र / नागरिक

गुल्मी – बाक्लो हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे भएका छन। लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे भएका हुन। 

बाक्लो हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्लाको रेसुङ्गा लगायत मदाने गाउँपालिकाको मदानेलेख, कङ्केदेउराली, सैरे, मालिका गाउँपालिकाको मालिकालेक, अर्खवाङ्ग, चन्द्रकोट गाउँपालिकाको दिवु्रङलेक, टिमुरे क्षेत्र, ग्वाघा, सत्यवती गाउँपालिकाको भार्सेको लेक, ,ठुलोलुम्पेक, मुसिकोट नगरपालिकाको थाप्लेको लेख ,कुर्घा, अलाङकोट लगायतका क्षेत्रहरु सेताम्ये भएका छन।

चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन् । लामो समयको खडेरीपछि पानीसँगै हिमपात भएपछि कृषकहरू खुशी भएका छन। जिल्लाभर नै हिमपात भएकाले चिसो समेत अत्यधिक बढेको छ । यस्तै छिमेकी जिल्ला अर्घाखाचीका डाडाँकाडामा पनि वाक्लो हिमपात भएको छ।

तस्बिर : दिपेन्द्र / नागरिक
तस्बिर : दिपेन्द्र / नागरिक
तस्बिर : दिपेन्द्र / नागरिक
तस्बिर : दिपेन्द्र / नागरिक
तस्बिर : दिपेन्द्र / नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App