१५ चैत्र २०८० बिहीबार
समाज

प्रधानसेनापति थापा फर्किए

काठमाडौं – भारतीय सेनाको निमन्त्रणामा गत पुस २७ मा भारत भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको हेलिकोप्टरबाट बुधबार स्वदेश फर्किएका छन्। नेपाल वायु सेवा निगमको विमानमा दिल्ली उडेका प्रधानसेनापति ६ दिने भारत भ्रमण पूरा गरी लखनउबाट नेपाली सेनाको एमआइ–१७ हेलिकोप्टरमा फर्किएका हुन्। प्रधानसेनापति थापा, श्रीमती दिपा थापा, सैनिक इन्टेलिजेन्स महानिर्देशक उपरथी झंकरबहादुर कडायतलगायत सात जनाको टोली भारत भ्रमण सम्पन्न गर्दै स्वदेश फर्किएको हो। पूर्व योजनाअनुसारै नै प्रधानसेनापति लखनउबाट हेलिकोप्टरमा फर्किएको सेनाले जनाएको छ।

‘पूर्वयोजना अनुसारै उहाँ सेनाकै हेलिकोप्टरबाट फर्किनुभएको हो,’ सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले भने।लखनउबाट दिल्ली पुगेर काठमाडौं आउनुभन्दा लखनउबाटै हेलिकोप्टरबाट काठमाडौं आउन सहज हुने भएकाले दोस्रो विकल्प रोेजिएको सेनाले जनाएको छ।

प्रधानसेनापति नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भारत गएका सेनापति थापाले गत शनिबार भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मानित भएका थिए। भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल विपिन रावतसँग भेटघाट गर्नुका साथै नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेज, जयपुरस्थित साउथवेस्ट कमाण्ड र लखनउस्थित सेन्टर कमाण्ड मुख्यालयको निरीक्षण भ्रमण गरेका थिए। लखनउस्थित सेन्टर कमाण्डको निरीक्षण पछि उनी काठमाडौ आएका हुन्।यसअघि वि.सं. २०६४ मंसिर २३ मा तत्कालीन प्रधानसेनापति नेपाली सेनाको एभ्रो विमानबाटै भारत गएका थिए। फर्किने क्रममा पनि उनी मंसिर २९ मा भारतको आग्राबाट नेपाली सेनाकै एभ्रोबाटै फर्किएका थिए।

बुधबार स्वदेश फर्किएका प्रधानसेनापति थापा त्रिभुवन विमानस्थलमा कार्यालय पोशाकमा देखिएका छन्। उनलाई स्वागत गर्न विमानस्थल पुगेका वलाधिकृत हेमन्तराज कुँवर ट्युनिक पोसाकमा देखिएका छन्। सामान्यतया विदेश भ्रमण गरेर स्वदेश फर्कने क्रममा सेनाप्रमुख ट्युनिक पोशाकमा देखिने गरेका छन्। तर थापा भने कार्यालय पोशकमै देखिएका छन्। यसको कारण बताउँदै प्रवक्ता ढकालले पहिले सम्मानगारत विमानस्थलमै हुने भएकाले प्रधानसेनापति ट्युनिक पोशाकमै विमानमा सवार हुने गरे पनि हाल सम्मानगारत जंगी अड्डामा हुने भएकाले विमानस्थलमा कार्यालय पोशाकमै आएको बताए। प्रधानसेनापतिले सम्मान गारतका बेला मात्र ट्युनिक पोशाक लगाएको प्रवक्ता ढकालले जनाए।

प्रकाशित: ३ माघ २०७५ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App