१५ आश्विन २०७७ बिहीबार
समाज

वडा कार्यालयका लागि दुई करोडको जग्गा दान

वडा कार्यालयका लागि दान गरिएको पाँच कठ्ठा जग्गाको लालपुर्जा मेयरलाई हस्तान्तरण गर्दै सर्लाही हरिवन–९ की नरेन्द्रकुमारी खत्री । तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकाको वडा नं. ९ को कार्यालय स्थापनाका लागि एक परिवारले पाँच कठ्ठा जग्गा दान गरेको छ। वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि स्थानीय नरेन्द्रकुमारी खत्री (केसी)को परिवारले उक्त जग्गा निःशुल्क उपलब्ध गराएको हो।

बुधबार आयोजित एक समारोहका बीच केसी परिवारले हरिवन नगरपालिकाको नाममा जग्गा पास गरेको लालपुर्जा मेयर गणेश प्रसाईंलाई हस्तान्तरण गरेको छ। स्वर्गीय नैनबहादुर खत्रीको स्मृतिमा उनकी पत्नी नरेन्द्रकुमारी, बुहारी शुभद्रा केसी, छोराहरू डा. भोगेन्द्र केसी, टोलगेन्द्र केसी, वेदगेन्द्रबहादुर केसी लगायतले सगोलको अंशबाट नयाँरोड बजारस्थित उक्त जग्गा नगरपालिकालाई दान गरेका हुन्। चलन चल्तीको मूल्यअनुसार दुई करोडभन्दा बढीको जग्गा रहेको नगरपालिकाले जनाएको छ।

वडा कार्यालयले बुधबार नै जग्गादाता परिवारलाई सम्मान गरेको छ। दानमा पाएको उक्त जग्गामा चाँडै वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि पहल सुरु गरिने मेयर प्रर्साइले जानकारी दिए। 

प्रकाशित: ३ माघ २०७५ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App