६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गौतम डिजिटल एडिटर

काठमाडौं – नेपाल रिपब्लिक मिडियाको डिजिटल एडिटरमा राजाराम गौतम नियुक्त भएका छन्। गौतमले नागरिक नेटवर्कको राजनीति, अर्थ र सामाजिक मामिला व्युरोलाई पनि सम्पादकको रुपमा नेतृत्व दिने भएका छन्।

नेपाली पत्रकारितामा झन्डै २० वर्ष अनुभव संगालेका गौतमले अन्नपूर्ण पोस्टको सम्पादक, अन्नपूर्ण टुडेको सम्पादक र रेडियो अन्नपूर्णको प्रमुख, कान्तिपुर दैनिकमा पनि लेखरचना शाखा प्रमुख भइसकेका गौतमले नेपाल म्यागेजिनमा पनि लामो समय काम गरेका छन्।

नेपाल रिपब्लिक मिडियाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले गौतमलाई स्वागत गरिन्। सोही कार्यक्रममा ज्ञवालीले रेडियो नागरिक, नागरिक न्युज डट कम र माई रिपब्लिका डट कमका निवर्तमान सम्पादक श्रीराम पौडेललाई धन्यावाद दिइन्।

प्रकाशित: २ माघ २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App