१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

इन्टरपोल महासभा आजदेखि

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को महासभामा भाग लिन दुबई गएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आइतबारदेखि इन्टरपोलको ८७औं महासभा सुरु हुँदैछ।

महासभामा सहभागी हुन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी पजि दुबई गएका गएका छन् । १ सय ९२ देशका प्रतिनिधि सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिवेदन पेस हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशका बारेमा निर्णय लिने, विभिन्न देशबीच द्विपक्षीय छलफल हुनेलगायत कार्यक्रम छन् । इन्टरपोल सदस्यता लिन गणतन्त्र कोसोभो, भानुआतु र किरिबाटी गरी ३ मुलुकले आवेदन गरेका छन्।

इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी बाह्य लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेटसम्वन्धी प्रस्ताव, आतंकवाद र आतंककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखन जस्ता विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने र ती प्रस्ताव छलफल गरी पारित गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App