coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिन्धुलीगढी  पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

काठमाडौ–गैरआवासीय नेपाली संघ(एनआरएनए)ले सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ। एनआरएनए अध्यक्ष भवन भट्टले उक्त गुरुयोजना कमलामाई नगरपालिका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन्।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । कमलामाई नगरपालिका र एनआरएनबीचको  समन्वयमा गुरुयोजना निर्माण गरिएको हो।

गुरुयोजना हस्तान्तरण कार्यक्रममा मेयर खत्रीले गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राखेका थिए। संघका अध्यक्ष भवन भट्टले ऐतिहासिक सिन्धुली गढीलाई पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताएका थिए । 

प्रकाशित: ८ कार्तिक २०७५ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App