२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बबईमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता

फाइल तस्बिर

बबई नदीमा नुहाउने क्रममा बुधबार एक १६ वर्षीय किशोर बेपत्ता भएका छन्।

बारबर्दिया नगरपालिका–४ निवासी १६ वर्षीय सम्राट थारु बिहान करिब ९ बजे बबई नदीको बैरियाघाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।

उनी सोही नगरपालिका–४ निवासी प्रशुराम थारुको श्रीमतीको शुद्धीकरण कार्यमा सहभागी हुन बैरियाघाट पुगेका थिए। शुद्धीकरणको कामपछि नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

किशोर नदीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनियाभारका प्रहरी निरीक्षक विवेक भट्टराईको नेतृत्वमा १० जना प्रहरी र सशस्त्र प्रहरी सुरक्षा बेस कर्तनियाबाट प्रहरी नायब निरीक्षक विनोदकुमार मल्लको नेतृत्वमा १० जनाको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको थियो।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा खोजतलास जारी राखे पनि बुधबार साँझ साढे ६ बजेसम्म किशोरको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

बेपत्ता किशोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ २१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App