२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

नागढुङ्गा–मुग्लिन सडकका १६ स्थान पहिरोको उच्च जोखिममा

<br>

वर्षाका कारण पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान उच्च पहिरो जोखिममा परेका छन्। शनिबार जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका यी स्थानमा सडक भासिने र पहिरो जाने सम्भावना उच्च रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न हालको अवस्थामा सुरक्षित नभएको भन्दै सबैलाई आफ्नै स्थानमा सुरक्षित रहन आग्रह गरे। सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा देखिएको छ।

जोखिमयुक्त स्थानमा झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र), सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभान, चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजार रहेका छन्।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, जोखिम क्षेत्रमा सामान्य सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। आपत्कालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति धादिङले सडक विभाग, प्रहरी र स्थानीय निकायसँग सहकार्य गर्दै जोखिम न्यूनीकरणका काम निरन्तर भइरहेको जानकारी दिएको छ। अहिले पहिरोमा रोकिएका सवारीसाधनलाई सुरक्षित तरिकाले पन्छाएर गन्तव्यतर्फ पठाइएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App