१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिहानबाट शव निकालेर पोष्टमार्टम

खोटाङ– खोटाङमा सदगद गरेको शव प्रहरीले दुई दिनपछि निकालेको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा खमारेका ४५ वर्षीय भीमबहादुर राईको शव गाडेको दुई दिनपछि प्रहरीले निकालेको हो। स्वभाविक मृत्यु भएको भन्दै भदौ २८ गते गाडिएको शव पोष्टमार्टमका लागि शनिबार साँझ चिहानबाट निकालिएको प्रहरीले जनाएको छ। आफन्तले स्वभाविक मृत्यु भएको भन्दै सदगद गरेको बताए पनि छिमेकीबाट विष सेवनबाट राईको मृत्यु भएको जानकारी आएपछि पोष्टर्माटमका लागि शव निकालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

फोनमार्फत आएको जानकारीका आधारमा प्रहरी चौकीबाट अनुसन्धानका लागि प्रहरी पठाइएकामा राईको मृत्यु अस्वभाविक भएको खुलेपछि पुन: जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट खटाइएका प्रहरीले घट्नास्थलमा तीन दिन बसेर अनुसन्धान गरेपछि शव निकालिएको हो। ‘हामीलाई विष सेवन गरेर मृत्यु भएको जानकारी आयो। त्यसपछि हामीले प्रहरीचौकीलाई परिचालन गर्यौँ, जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर साबको नेतृत्वमा टोली पठायौँ,’ डिएसपी केसीले भने, ‘मृतकको मृत्यु स्वभाविक होईन भन्ने आएपछि गाडेको शव निकालिएको हो।’ शव ट्याक्टरमा हालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ। राईको भदौ २८ गते नै मृत्यु भएको थियो।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App