१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय बालअधिकार दिवस मनाइँदै

काठमाडौं – ‘सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार’ नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ। बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन्।

हाल मुलुकमा करिब १६ लाख बालबालिका श्रममा रहेको पाइन्छ। सरकारले बालअधिकारको जति ठूला कुरा गरे पनि, बालअधिकार संवैधानिक अधिकार भए पनि, गरिबी, अशिक्षा जस्ता कुराले बालबालिकाहरु निकृष्ट श्रमका लागि बाध्य भएका छन्।

त्यस्तै, गत वर्ष देशभर भएका ५८३ वटा घटनामा एक हजार, २७३ जना बालबालिकाहरु प्रभावित भएका छन्। केन्द्रीय बालकल्याण समितिका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सञ्चारमाध्यममा आएका घटनाका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले बालबालिका विरुद्धका घटनाको पूर्ण तथ्याङ्क नभएको बताइन्। महिला तथा बालबालिका विभागकी निमित्त महानिर्देशक शान्ता भट्टराईले स्थानीय तह बलियो हुँदा बालअधिकार कार्यान्वयन हुने बताइन्।

प्रकाशित: २९ भाद्र २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App