२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

छात्रालाई साइकल वितरण

बारा - महानगढीमाई नगरपालिकाले दुई सय एक छात्रालाई साइकल वितरण गरेको छ। शुक्रवार एक कार्यक्रम अायाेजना गरि नगरपालिकाले तीन माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरेको हाे। नगर प्रमुख उपेन्द्र यादवले कक्षा ९ मा अध्ययनरत  दुई सय एक छात्रालाई पहिलो चरण अन्तर्गत साइकल वितरण गरेका हुन्।

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका ७९, भोला माध्यमिक विद्यालयका ८७ र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआईनका ३५ जना गरि दुई सय एक छात्रालाई साइकल वितरण गरिएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए। नगर क्षेत्रको छात्रा साक्षरता दर बृद्धी गर्न साइकल वितरण गरिएको उनले बताए। अगमी आर्थिक वर्ष देखि कक्षा ११ का छात्रालाइ समेत साईकल वितरण गर्ने लक्ष्य रहेको उनले बताए।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआईनकी छात्रा सुधा कुमारीले नगरपालिकाले उपलब्ध गराएको साईकलले बिद्यालयमा पढ्न जान सहज हुने बताइन।

प्रकाशित: २२ भाद्र २०७५ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App