१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवेणी मदिरा निषेधित नगरपालिका घाेषित

त्रिवेणी नगरपालिका कार्यालय ।

बाजुरा - त्रिवेणी नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। पहिलो नगरसभामा पेश गरिएको प्रस्ताव तेस्रो नगरसभाबाट सर्वसम्मत पारित गरि निषेधित क्षेत्र घोषणा गरिएको हो। नगर क्षेत्र भित्रको वातावरण शान्त र सभ्य बनाउन नगर सभाले पूर्ण रुपमा मदिरा निषेध गर्ने निर्णय गरेको नगर प्रमुख रामसिंह रावलले बताए।

मदिरा सेवनकै कारण गाउँमा गाली बेइज्जतीका घटना वृद्धी भएको र महिला हिंसाले समेत प्रश्रय पाएको निष्कर्ष सहित कार्यविधि र कानुन निर्माण गरेरै मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख रावलको भनाई छ । ‘मदिराले मानव स्वास्थ्यलाई मात्र नभई सामाजिक वातावरण र परिवारिक अवस्थालाई समेत कमजोर पार्ने भएकोले नीतिगत निर्णय गर्नु परेको हो,’ प्रमुख रावलले भने ।

मदिरा सेवनकै कारण भएका घटनाहरुमाथि प्रहरी कार्यलयमा उजुरी व्यापक आउने गरेको र नगरपालिकाको यो अभियान पश्चात घटनाहरुमा समेत कमि आउने प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। 

नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट इजाजत लिएका मदिरा व्यापारीलाई खारेजीका लागि पत्र पठाई सकेको छ। विक्री वितरण र सेवन कुनै पनि गतिविधि गर्न नपाउने भएपछि मदिरा विक्रेताले पनि इजाजत पत्र खारेजी गर्न लागेका छन्। व्यापारी दैनिक जसो इजाजत खारेजीको निवेदन सहीत कार्यालयमा आउने गरेको जिल्ला कोष नियन्त्रक विष्णुदत्त जोशीले बताए। 

जिल्लामा ८ सय ५० बढीले मदिरा विक्री अनुमति लिएका छन् । ती मध्ये त्रिवेणीका मात्र २ सय बढी मदीरा व्यापारीे रहेका छन्। 

प्रकाशित: १७ श्रावण २०७५ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App