१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुस्ताबासीले भत्काए गण्डक नहरकाे भारतीय बाँध

नवलपरासी – वर्षासँगै खेतीयोग्य जमिन डुबानमा परेपछि नवलपरासीका सुस्ताबासीले भारततर्फकाे  गण्डक नहर भत्काएका छन्।

भारततर्फकाे गण्डक नहर व्यवस्थित हुन नसक्दा वर्षातकाे समयमा सुस्तामा हरेक वर्ष कैयौ बिघा जमिन डुबानमा पर्ने गरेको छ।

भारतीय पक्षले साइफन सफा नगर्नुका साथै ह्युमपाइप अग्लो स्थानमा राखिदिनाले पानी बगेर नहरमा खस्न नसक्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ।

यस्तै स्थानीयकाे गुनासाे पछि समस्या समाधानको विषयमा भारतीय पक्षसँग छलफल सुरु गरिएको नवलपरासी जिल्ला प्रमुख देवेन्द्र लामिछानेले बताएका छन्।

 

प्रकाशित: १९ असार २०७५ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App