२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

महिलाको शव फेला

गुल्मी– गुल्मीमा एक महिलाको बेवारिसे शब फेला परेको छ। शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित रुक्से बाटो नजिकै अन्दाजी ५५ वर्षीय महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

मृत अबस्थामा फेला परेको शव कसको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए। शबलाई पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए।

त्यस्तै बिहिवार जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाटस्थित कालिगण्डकी नदी किनारमा एक युवतीको शब फेला परेको छ। कालिगाण्डकी खोला किनारमा फेला परेको शबको केहि भाग कालो, डढे जस्तो र नग्न अबस्थामा रहेको थियो। गुल्मीसँगै पर्वत र बाग्लुङ्ग सिमाना पर्ने भएकाले शब खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

शव पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा खबर गरेको पनि अझै पहिचान हुन सकेको छैन्।

प्रकाशित: १५ असार २०७५ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App