मलंगवा- सर्लाहीको नयाँरोडमा करेन्ट लागेर विहीबार दिउँसाे एक मजदुरको मृत्यु भएकाे छ।
हरिवन नगरपालिका–१० नयाँरोड स्थित सन्तोष शर्माले सञ्चालन गरेको ग्यारेजमा काम गर्ने भारत सीतामढीका १८ वर्षीय रबिन्द्र कुमार शर्माको दिउँसाे ४ बजे करेन्ट लागेकाे थियाे।
करेन्ट लागेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा हरिवन अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। विहीबार अपरान्ह ४ बजेतिर बा. ४ ख २७२८ नं. को बसको इन्जिन मर्मत गर्नेक्रममा रबिन्द्रलाई करेन्ट लागेको बताईएकाे छ ।
प्रकाशित: ७ असार २०७५ १३:३८ बिहीबार