१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सचिव बढुवा रिटलाई अग्राधिकार

काठमाडौं, असार २९ (नागरिक)- व्यवस्थापिका-संसद् सचिवालय सचिवको रिक्त पदमा आफूभन्दा कनिष्ठलाई नियुक्त गरेको भन्दै सहसचिव तोयानाथ भट्टराईले हालेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गर्न आदेश दिएको छ। सोमबार न्यायाधीश गौरी ढकालको एकल इजलासले रिटलाई अग्राधिकार दिई पेस गर्न र विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्ने निर्णय गरेको हो।

गत जेठ १८ गते सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले बढुवा समितिको सिफारिसमा सहसचिव ठाकुरप्रसाद बराललाई सचिव नियुक्त गरेको थियो। सहसचिव भट्टराईले त्यसविरुद्ध असार २५ मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा व्यवस्थापिका-संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति र बढुवा समितिलाई विपक्षी बनाइएको छ।

रिटमा विपक्षीले गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गर्न र पहिलो वरियताक्रम अनुसार आफूलाई नियुक्ति गर्न विपक्षीको नाममा परमादेश जारी गर्न माग गरिएको थियो।

प्रकाशित: २८ असार २०६७ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App