१६ चैत्र २०८० शुक्रबार
समाज

दुई बालिका बलात्कृत

रुकुम (पश्चिम)– जिल्लाका दुई बालिका बलात्कृत भएकी छिन्। सानीभेरी गाउँपालिका र आठबीसकोट गाउँपालिकामा बालिका बलात्कृत भएकी हुन्।

सानीभेरी गाउँपालिका वडा नं. ६ की १७ बर्षिया बालिका कल्पना (नाम परिवर्तित) सामूहिक बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँपालिका वडा नं. ५ का १८ बर्षीय विशाल केसी र धनसिंह वाँठा मगरले जबरजस्ती बलात्कार गरेको प्रहरीले बताएको छ। दुई जनाले पटक पटक बलात्कार गर्ने गरेको पीडित कल्पनाले प्रहरी समक्ष बयान दिएकी छिन्। प्रहरीले दुबै जनालाई प्रक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ।

त्यस्तै आठबीसकोट नगरपालिका वडा नं. १२ की ३ बर्षिया बालिका बलात्कारको शिकार भएकी छिन्। उनलाई सोही गाउँका १४ बर्षिय बालकले ललाई फकाई पारी आफ्नै घरमा बलात्कार गरेको पीडित बालिककाले आठबीसकोट प्रहरीलाई जानकारी गराएकी छिन्।

बलात्कारपछि बालिका स्थानीय मेडिकलमा उपचार गर्न आएपछि उक्त घटना बाहिर भएको हो। अहिले बालिकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिलाई प्रक्राउ गरेको छ। बलात्कार गर्ने बालकको नाम भने प्रहरीले गोप्य राखेको छ। उक्त व्यक्तिलाई जबरजस्ती करणी सम्बन्धिको मुद्दा दर्ता गर्ने प्रहरीको भनाई छ।

 

प्रकाशित: १७ जेष्ठ २०७५ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App