मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद अन्ततः समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीको समुपस्थितिमा मंगलबार राति १० बजेसम्म चलेको छलफलपछि सहमति जुटेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको उक्त छलफलमा मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरूको सहभागिता थियो ।
छलफलपछि सबै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गरी आयोजनाको पथान्तरणसम्बन्धी विवाद समाधान गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यससँगै मेलम्चीको पानी आपूर्तिसम्बन्धी काम पुनः सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: २५ कार्तिक २०८२ २२:५५ मंगलबार





