१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

लागूऔषध ट्रामाडोल क्याप्सुलसहित एक जना पक्राउ परेका छन्। 

मंगलबार प्रहरीले बारा सिम्रौनगढ- ६  नहर सडकबाट लागूऔषध ट्रामाडोल क्याप्सुल  १०३८० पिस , मोबाइल १ थान र मोटरसाइकलसहित एक जना पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा भारत पुर्विचम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगवि - ६ कोडिगावा बस्ने मन्जन साह भन्ने उपेन्द्र साह रहेको प्रहरीले जनाएको छ।

भारतबाट मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: १४ श्रावण २०८२ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App