२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

हजार बढी प्रहरी परिचालन गर्दा पनि पक्राउ परेनन् यादव

राति चेक काट्नु गैरकानुनी काम रहेको पूर्वप्रजिअ सिन्हाको तर्क

सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासित विवाद भएको र प्रहरीले पक्राउ गर्न जाँदा सरकारी गाडीमा तोडफोड गराएको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी गराएर पनि प्रहरीले जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न सकेको छैन। नेता यादवलाई पक्राउ गर्न एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार जनाएको थियो।

पूर्वाधार कार्यालयले राति चेक काट्ने काम गरेको र प्रहरीले सुरक्षा दिएको विषयमा एसपी खड्का र नेता यादवबिच बिहीबार राति विवाद भएको थियो। नेता यादवले एसपी खड्कामाथि कमीसन लिएर राति प्रहरीले सुरक्षा दिएको आरोप लगाएका थिए भने एसपी खड्काले सुरक्षाको लागि फोन आएपछि प्रहरी पठाइएको बताएका थिए।

नेता यादवले पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादव दिउँसो कार्यालयमा नबस्ने, कुनै बेला हाजिरी गरेर बाहिर निस्कने तथा साँझ पाँच बजेपछि आएर कमीसन दिनेको चेक काट्ने गरेको आरोप लगाएका छन्। पूर्वाधार कार्यालयका प्रमुख यादवले कमीसन दिनेको काम मात्र गरेको आरोप लगाउँदै दिउँसो कार्यालयको समयमा सेवाग्राही पुग्दा कार्यालय प्रमुखसित भेट नहुने गरेको आरोप छ।

कार्यालय प्रमुख यादवले भने दिनभर काम नभ्याउँदा रातिसम्म बसेर गर्नु परेको बताएका छन्।

राति अबेरसम्म काम गर्नु गैरकानुनी भएको पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वरकुमार सिन्हाको भनाइ छ।

कुनै दिन काम गर्दागर्दै भ्याइएन भने लगातार काम गर्दा कहिलेकाहीँ रात पर्न सक्छ तर असार महिनामा प्रायः दिनभर कार्यालयमा नबस्ने र कार्यालयको समय बितेपछि मात्र कार्यालय पुगेर आर्थिक कारोबार गर्ने प्रवृत्ति बढेको पूर्व प्रजिअ डा. सिन्हाको भनाइ छ।

दिनभर कार्यालयमा नहुने र रात परेपछि कार्यालयमा आएर काम गर्नु गैरकानुनी रहेको प्रजिअ सिन्हाको तर्क रहेको छ।

प्रकाशित: २१ असार २०८२ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App