१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

स्थानीय तहले नदीजन्य तथा खनिज पदार्थ उत्खनन संकलनको कानुन बनाउने

जुम्लाको आठौं जिल्ला सभाले नदीजन्य पदार्थ, खनिज उत्खनन तथा संलनका लागि प्रक्रियामा जाने निर्णय गरेको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार ११ वटा निर्णय गर्दै जिल्ला सभा सकिएको हो।

निर्णयमा जिल्ला समन्वय समितिबाट हुने अनुगमन कार्यलाई सघन बनाउन पहल गर्ने, जिल्लाका विभिन्न नाकामा पर्यटन जानकारीका लागि बोर्ड निर्माण गर्ने, स्थान र संख्या समन्वय समितिमा प्रस्ताव गरी गाउँपालिकाहरूमा पठाउने, चालु आयव्यय अनुमोदन एवं आगामी आर्थिक वर्षको प्रस्तावित आयव्याय अनुमोदन पारित गर्ने निर्णय गरिएको छ।

यस्तै निर्माणाधीन जिल्ला समन्वय समितिको बहुउद्देश्यीय भवनको निर्माण कार्यमा समन्वय र सहयोग गर्ने निर्णय पनि गरिएको छ। सूचना तथा सञ्चार नीति तर्जुमा गरी सूचना विज्ञापन वैज्ञानिक बाँडफाँट प्रस्ताव गरी पठाउने र सातौं जिल्ला सभाका निर्यणहरू कार्यान्वयनको समीक्षा गर्दै कार्यान्वयन गर्न आवश्यक र बाँकी निर्णय प्रभावकारी रूपमा कार्यान्वय गर्ने, सहिद तथा घाइते आपांग बेपत्ता परिवारले पाउनु पर्ने जीवन निर्वाह भत्ता चन्दन नाथ नगरपालिका र तातोपानी गाउँपालिकामा विविध कारणले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निकासा हुन छुट भएकाले यथासीघ्र आवश्यक बजेट निकासा गरी सहयोग गरी दिन आन्तरिक तथा कानुन मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ।

यस्तै जुम्ला जिल्लामा उत्पादन हुने स्याउ भाद्र १० गतेसम्म टिप्न निर्यात गर्न प्रतिबन्ध लगाउने र उक्त कार्यका लागि कृषि विकास कार्यालय, स्थानीय तह र सरोकारवाला सबै संघसंस्था सबैले आवश्यक प्रचारप्रसार तथा निर्णय कार्यान्वयनको व्यवस्थापन मिलाउने, गुठीचौर गाउँपालिका-२ अन्तर्गतको लाग्नादेखि हाका हुँदै धौलीगाड बृहत् खानेपानी योजनाको मुहानसम्मको पहुँच सडक निर्माण गरी खानेपानी योजना कार्यान्वयनमा योजनामा सहयोग गरी दिन गुठिचौर गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ।

प्रकाशित: २१ असार २०८२ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App