कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।
कपिलवस्तु नगरपालिका-११, अरौराकोटमा बिहीबार दिउँसो खेल्ने क्रममा डुबेर स्थानीय ५ वर्षीय सुफेल अन्सारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार मृतक बालक स्थानीय अनिल अन्सारीका छोरा हुन्। परिवारजनका अनुसार, विद्यालयबाट घर फर्केपछि सुफेल साथीहरूसँग खेल्न निस्किएका थिए।
सोही क्रममा उनी घर नजिकैको पोखरीमा डुबेको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनाको पुष्टि गर्दै बालकको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १९ असार २०८२ १९:२० बिहीबार