१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

लमजुङमा ट्याक्टर दुर्घटना, १९ वर्षीय चालकको मृत्यु

लमजुङको मध्यनेपाल नगरपालिकामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भोर्लेटार-दमौली सडक खण्ड अन्तर्गत मध्यनेपाल नगरपालिका-४ तिलार चोकमा भएको दुर्घटनामा १९ वर्षीय आयुसमान गुरुङको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार, दुईपिप्लेबाट भोर्लेटारतर्फ खेतमा जाने क्रममा ग.१ त ७६३७ नम्बरको ट्रली नभएको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

दुर्घटनामा ट्याक्टरले चेपिएर गम्भीर घाइते भएका चालक गुरुङलाई तत्काल उद्धार गरी उपचारका लागि तनहुँको दमौली अस्पताल पठाइएको थियो।

तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजकिशोर साहले जानकारी दिए।

मृतक गुरुङ बाग्लुङको काठेखोला गाउँपालिका-७ का स्थायी बासिन्दा भई हाल कास्कीको रूपा गाउँपालिका-३ पोल्याङमा बस्दै आएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १८ असार २०८२ १८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App