नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई अहिले दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो।
सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए। उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन्।
प्रकाशित: १८ असार २०८२ १६:३० बुधबार





