१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

अछामको करेन्ट लागेर एक जनाको मृत्यु

अछामको साँफेबगर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका-१४, पातलकोट निवासी ४१ वर्षीय बिर बहादुर साउदको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि तत्काल बयलपाटास्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरिसकेको र घटनाको सम्बन्धमा आवश्यक सोधपुछ तथा अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

प्रकाशित: १६ असार २०८२ १७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App