१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कैलालीमा नक्षत्र वाटिका

कैलालीमा नक्षत्र वाटिका निर्माण गरिएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण गरिएको छ।

मन्दिर उपभोक्ता समितिमार्फत सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईअन्तर्गत रु २७ लाख लागतमा वाटिका निर्माण गरिएको निर्माण समितिका सदस्य प्रकाश गुरुङले बताए।

पूर्वीय दर्शनअनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा १२ राशि, नौ ग्रह र २७ नक्षत्रलाई आधार मानेर वाज्ञटिकामा अमला, जामुन, समी, पिपल, वर, बेल, नीम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरी ४० प्रजातिका विरुवा रोपिएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डबलबहादुर बोहोराले बताए।

बोहोराका अनुसार २७ नक्षत्रअनुसार २७ वनस्पति, ज्योतिषीय महत्व, आयुर्वेदिक उपयोग, पर्यावरणीय लाभ, धार्मिक र सांस्कृतिक पक्ष, शैक्षिक महत्व, वास्तुमा धर्म, जैविक विविधता संरक्षण गर्ने उद्देश्यले नक्षत्र वाटिका निर्माण गरिएको हो। वाटिकामा नक्षत्र र राशीसँग सम्बधित बहुगुणी बिरुवा एकै ठाँउमा रोपिएका छन्। रासस

प्रकाशित: १४ असार २०८२ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App