१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

बबईको तटबन्धले सहज

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाअन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ। त्यसले गाउँ नै जोगाउने अपेक्षा लिइएको छ।

कचिला निवासी डिल्लीबहादुर थारुका अनुसार विगतमा बाढी बसेर गाउँ नै पुग्थ्यो। तर, अब भने त्यो डर हराएको उनले बताए। 'सधैँ गाउँमा बाढी पस्थ्यो, घरै बगाउने डर हुन्थ्यो,' उनले भने, 'तर, अब त्यो समस्या हटेर गएको छ।' 

त्यहाँ करिब ३०० घरलाई असर पुर्‍याउथ्यो। कचिला शीतलपुरलगायत बस्तीमा त्यहाँको बाढीले असर गर्ने गरेको थियो। करिब रु तीन करोड लागतमा त्यहाँ तटबन्ध निर्माण भएपछि सहज भएको उनको भनाइ छ।

सिँचाइ डिभिजन कार्यालयले २०० मिटर तटबन्ध गरेको हो। रासस

प्रकाशित: १२ असार २०८२ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App