२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

रौतहट : खेल्ने क्रममा सेफ्टिक ट्यांकमा डुबेका दुई बालबालिकाको मृत्यु

चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टिक ट्यांकमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो। 

मंगलबार साँझ दुवै बालबालिका स्थानीय हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टिक ट्यांकमा डुबेका थिए। दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: ११ असार २०८२ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App