२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

मनहरा खोलामा हाम फालेका युवकको उद्धार

ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोट घर भएका, पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार गराइरहेका १८ वर्षका आयुष बडालले असार ११ गते बुधबार बिहान करिब ६:४० बजे मनहरा खोलामा हाम फालेका थिए।

त्यस लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकालि गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको छ।

उद्धार गरिएका उनको अवस्था सामान्य छ। हाल उनी ‘मेन्टल’ सम्बन्धी रोगले उपचार गराइरहेको बताइएको छ।  

प्रकाशित: ११ असार २०८२ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App