३० असार २०८२ सोमबार
image/svg+xml
समाज

बुटवलको सब-स्टेसनमा आगलागी, विद्युत सेवा ठप्प

रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० योगिकुटीमा रहेको विद्युत सब–स्टेसनमा आगलागी भएको छ।

आगलागीलाई तत्कालै नियन्त्रणमा लिइए पनि त्यस क्षेत्रका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

स्थानीयले खबर गरेलगत्तै पुगेको दमकलले छोटो समयमै आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

आगलागीका कारण सब-स्टेसनमा क्षति पुगेकाले योगिकुटीमा र आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो।

प्रकाशित: १० असार २०८२ २१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App