२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा तीन दिनदेखि सम्पर्कविहीन पुरुष मृत भेटिए

कपिलवस्तुमा तीन दिनदेखि सम्पर्कविहीन रहेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मायादेवी गाउँपालिका-१, पकडीका ४१ वर्षीय राधेश्याम कोरीको शव शुद्धोधन गाउँपालिका-६ स्थित कर्मा खोलामा भेटिएको हो।

इलाका प्रहरी कार्यालय पकडीका अनुसार, कोरी तीन दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। उनको खोजी गर्ने क्रममा मंगलबार शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो।

प्रहरी निरीक्षक कमल क्षेत्रीले शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: १० असार २०८२ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App