वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।
मंगला गाउँपालिका वडा नं ५ धाराका ३३ वर्षीय विवश विश्वकर्माको गत असार ५ गते साइकलमा यात्रा गर्ने क्रममा दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो ।
बि.स २०७९ फागुन १० गते रोमानिया पुगेका विश्वकर्माको स्थानीय अस्पतालमा उपचारपछि कोठामा आराम गरेको अवस्थामा मृत्यु भएको त्यहाँबाट रुबिन तामाङले बताए ।
मृतक विश्वकर्माको शव नेपाल पठाउन आर्थिक समस्या भएको छ । कम्पनीबाट अलग भएर आएका विश्वकर्माका शव नेपाल ल्याउन कानुनी प्रक्रिया सहित आर्थिक संकलन गरिदिन अनुरोध गरेका छन् ।
मृतकका घरमा श्रीमती, एक छोरा एक छोरी छन् । मृतकका परिवारले स्वदेशमै ल्याएर अन्त्येष्टि गर्ने भन्दै म्याग्दी प्रवासी नेपाली संघ मोना तथा अन्य नेपाली संघसंस्थालाई अनुरोध गरेका छन् । रोमानीयामा रहेका म्याग्देलीले समेत विभिन्न माध्यमबाट आर्थिक संकलन गरी शव घर पठाउने पहल भइरहेको जनाएका छन् ।
प्रकाशित: ९ असार २०८२ १६:४७ सोमबार