ब्रिगेड अफ गोर्खाजका ‘लिजेन्ड’ को उपमा पाएका लेफ्टनेन्ट कर्णल जे.पी. क्रस ओबीई सय वर्षमा प्रवेश गरेका छन्।
आफूलाई ‘बेलायतमा जन्मेको नेपाली’ भन्न रुचाउने क्रसको शताब्दी जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा एक विशेष समारोहबीच मनाइएको छ।
उनी विगत ४९ वर्षदेखि नेपालमै बस्दै आएका छन्। हाल उनी नेपाली नागरिक हुन्।
समारोहलाई सम्बोधन गर्दै ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्सले यो क्षण पोखरामा मात्र नभई सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा समेत गुञ्जिएको बताए।
समारोहमा बेलायती राजदूतकी श्रीमती जुलिया फेन, भूतपूर्व गोर्खा सैनिक तथा बहालवाला अधिकारीहरूको उपस्थिति थियो।
लेफ्टनेन्ट कर्णल क्रसले करिब ४० वर्ष ब्रिटिश गोर्खाजमा सेवा गरे। उनी जङ्गल युद्ध र प्रति-विद्रोहका विशेषज्ञका रूपमा पनि चिनिन्छन्।
नेपाली भाषा र यसका विभिन्न भाषिकामा धाराप्रवाह बोल्न सक्ने उनले आफ्नो अनुभव समेटेर १९ वटा पुस्तक लेखेका छन्।
८० वर्षअघि २१ वर्षको उमेरमा पहिलोपटक नेपाल आएका क्रस हाल पोखरामा आफ्नो धर्मपुत्र र परिवारसँग बसोबास गर्दै आएका छन्।
उनले ९३ वर्षको हुँदा ठट्टा गर्दै भनेका थिए, ‘म १०० वर्षको भएपछि मलाई बूढो भन्नू।’
हेर्नुहोस् केही तस्बिरहरु।








प्रकाशित: ९ असार २०८२ १६:४० सोमबार