सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिँचाइ गर्न मोटरमा तार जोड्न खोज्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।
प्रकाशित: ९ असार २०८२ १६:२३ सोमबार