२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

बाजुरामा खोलाले बगाउँदा पूर्ववडा सदस्य बेपत्ता

बाजुराको अगौमूल गाउँपालिकामा खोलाले बगाएर आज एकजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।

पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो।

प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताए।

प्रकाशित: ८ असार २०८२ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App