१५ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

बाफलको गोदाममा आगलागी, डेढ घण्टापछि नियन्त्रण

नागार्जुन नगरपालिका वडा नम्बर ३ बाफलमा राजेन्द्र उदासले सञ्चालन गरेको मेडल र स्टिकर गोदाममा बिजुली सर्ट भएर बिहान करिब ३:२० बजे आगलागी भएको छ।

उक्त आगलागी बालाजु, जुद्ध बारुण यन्त्र, न्युरोड दमकल, सशस्त्र प्रहरी बल नम्बर १८ नीलबाराही गणबाट नीरकुमार कार्कीको कमान्डमा ३५ जना, नेपाल प्रहरी र नेपाली सेनाको डेढ घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको छ।

प्रकाशित: ८ असार २०८२ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App