१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हिल्सा-सिमिकोट सडकको चुवा खोलामा बेलिबृज जडान गरिँदै

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडान गरिँदै छ।

नेपाली सेनाको टोलीले हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडानको काम गरिरहेको छ।

गत चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य सुरु गरेको थियो। 

उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको नेपाली सेनाले जनाएको छ। बेलिबृज जडान पश्चात् उक्त सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुने बताइएको छ ।

प्रकाशित: ५ असार २०८२ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App