रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
राजपुर नगरपालिका-३, डमार पोखरी टोलकी ३० वर्षीया गुलनाज खातुनको उपचारका क्रममा बुधबार साँझ ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार खातुनलाई आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्दा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी, डीएसपी दीपककुमार रायले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतक स्थानीय शेख सफुलाकी श्रीमती हुन्।
प्रकाशित: ४ असार २०८२ २१:४२ बुधबार