२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

सुर्खेतबाट खाली खुट्टै हिँडेर आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्, मुख्यसचिव भेटे

एक महिनादेखि भ्रष्टाचारविरुद्ध खबरदारी अभियानका अभियन्ता नवराज बोहोराले मुख्यसचिवसँग भेटघाट गरेका छन्।

सुर्खेतबाट एक महिनासम्म खाली खुट्टा हिँडेर मंगलबार आएका बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न खोजे पनि भेट हुन नसकेपछि मुख्यसचिव एकनारायण अर्यालसँग भेटघाट गरेका हुन्।

उनले मुख्यसचिव अर्यालसँग अनियमितता र भ्रष्टचारको बढेको र यसको नियन्त्रणका लागि गरिएको अभियानको बारेमा जानकारी गराएका थिए।

उनी सोमबार कलङ्की आइपुगेका थिए। जेठ ४ गते कर्णालीमा सुशासन कायम गर्ने तथा अनियमितता र भ्रष्टाचारविरुद्ध जनचेतनामूलक अभियान गर्दै खाली खुट्टा पैदल यात्रा थालनी गरेका थिए।

प्रकाशित: ३ असार २०८२ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App