१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

निदाएका श्रीमानको दाउ प्रहार गरि हत्या

अर्घाखाँचीमा एक महिलाले घरायसी विवादकै क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्।

जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले शनिबार राति करिब १ बजे सुतिरहेका आफ्ना ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा दाउ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार शनिबार साँझ श्रीमान-श्रीमतीबीच सामान्य घरायसी विवाद भएको थियो। सोही विवादको आवेगमा मेखमायाले राति श्रीमान निदाएको मौका छोपी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले हत्यामा संलग्न मेखमायालाई हत्यामा प्रयोग भएको दाउसहित आइतबार बिहान घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ परेकी मेखमायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १ असार २०८२ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App