३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

नागढुङ्गामा माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौंबाट चितवनका लागि छुटेको एक यात्रुवाहक माइक्रोबस शनिबार नागढुङ्गा नजिकै दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार, राजधानीबाट बाहिरिँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ १८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App