कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला खण्ड सञ्चालनमा आएको छ।
दिउँसो सवा २ बजेतिर पहिरो खसेको थियो। ६ बजेर १० मिनेटमा सडक खुलेको हो। कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका–१ राँका गाउँमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो। ठूला ढुङ्गा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन जाममा परेका थिए।
जनशक्ति र मेसिन खटाएर पहिरो सफा गरी सडक यातायातका लागि खुला गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए। २० देखि २५ मिटर लामो पहिरो खसेको थियो। ‘वर्षायामका कारण सडकको अवस्था जटिल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सडक डिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ।
पहिरोले मानवीय क्षति भएको छैन। नजिकैका प्रहरी चौकीबाट टोली परिचालन गरिएको थियो। सुर्खेत, नेपालगञ्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत, नेपालगञ्ज जाने यात्रुहरू मर्कामा थिए।
प्रकाशित: ३० जेष्ठ २०८२ २०:५४ शुक्रबार