३० असार २०८२ सोमबार
image/svg+xml
समाज

चितवन यातायातमा अख्तियारको छापा : कर्मचारी-बिचौलिया पक्राउ, नगद र ३१ थान मोबाइल बरामद

चितवनको यातायात व्यवस्था कार्यालयबाट कर्मचारी र बिचौलिया नगदसहित पक्राउ परेका छन्।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौँ) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको हो। गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।  

यस्तै बिचौलिया सुरज पाठकलाई यातायात व्यवस्था कार्यालय भरतपुर चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो। आज अख्तियारले यातायात कार्यालयसहित महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर एकसाथ छापा हानेको थियो। यहाँ सवारी चालक अनुमति पत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानूनविपरीत रकम सङ्कलन गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा छापा मारिएको पौडेलले जानकारी दिए।  

उनका अनुसार कार्यालय परिसरबाट कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको विद्युतीय उपकरण मोबाइल थान–३१, ल्यापटप थान–२ र अन्य कागजातहरूसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०८२ २०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App