५ असार २०८२ बिहीबार
image/svg+xml
समाज

आज देशभर बदली, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर

हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।

प्रकाशित: २८ जेष्ठ २०८२ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App