१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर बर्दियामा दुई जनाको मृत्यु

बर्दियामा दुई दिनमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। गुलरिया नगरपालिका–१२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारुको शनिबार र बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजंग शाहको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालका अनुसार बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा भीमबहादुर दर्जीको घर बनाउने क्रममा शनिबार दिउँसो ३:४५ बजे वीरेन्द्रलाई करेन्ट लागेको थियो। घाइते वीरेन्द्रलाई बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

त्यस्तै, आइतबार बिहान राजेन्द्र आफ्नो खेतमा मोटरबाट धानको बिउमा पानी सिँचाइ गर्ने क्रममा करेन्टको चपेटामा परेका हुन्। घाइते शाहलाई कोहलपुरको मेडिकल कलेज पुर्‍याइए पनि बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: २५ जेष्ठ २०८२ १६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App